#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33010330997388766986024343082
नेपाल718214671834153013

नयाँ भर्ना नलिन सरकारको अपिल, एसइई पूर्वनिर्धारित समयमा नै हुने

काठमाडौं ।
सरकारले शैक्षिक सत्र २०७७ का लागि तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन अपिल गरेको छ । विश्वभर नोवेल कोरोना (कोभिड–१९) भाइरसको जोखिम बढिरहेकाले चालू वर्षको परीक्षा सकिएलगत्तै नयाँ भर्ना तत्कालका लागि नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयले विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्चालन गरिसक्न अनुरोध गरेको छ । मंगलबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ –‘एसइई परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरु घर परिवारमा नै रहने छन् । बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ ।’

त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा एसइई पुर्वनिर्धारित समयमा नै हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार–एसइई चैत ६ गतेबाट सुरु भइ १७ गते सकिने छ । एसइई परीक्षा पूर्वनिर्धारित समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ । विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध छ ।’

सम्बन्धित समाचारहरु