डिशहोमका सुपरस्टार रजिन राईलाई पुरस्कार रकम प्रदान

डिशहोमका सुपरस्टार रजिन राईलाई पुरस्कार रकम प्रदान


“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाअन्तर्गत ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । 

मानेभञ्ज्याङस्थित राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद रु एक लाख हस्तान्तरण गरेको हो । वाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । 

सोमबार भएको लक्की ड्रमार्फत ओखलढुंगाका राईले नगद रु एक लाख जितेका हुन् । 

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । 

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

Logo