इजरायलको हवाई आक्रमणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

इजरायलको हवाई आक्रमणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु


इजरायलले हमासको एक वरिष्ठ कमाण्डर मारेको दावी गरेको छ ।  

इजरायलका अनुसार हवाई आक्रमणमा हमासका शीर्ष कमाण्डर मारिएका हुन् । इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ।

गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो ।यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

Logo