#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1450950835121057833309605
नेपाल9081

भ्वाइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा

पछिल्लो समय प्रतिभा खोजीका नाममा नेपालमा विभिन्न किसिमका रियालिटी शोहरुको बाढी नै आएको छ ।

यस्ता रियालिटी शोहरूले केहि हदसम्म देशका लुकेका प्रतिभालाई प्रष्फुटन हुने अवसर दिए पनि रियालिटी शो आयोजनाभित्र पनि विभिन्न स्वार्थका खेलहरू हुने गरेको कुरा विस्तारै बाहिर आउन थालेका छन् । जसको उदाहरण बनेको छ– भ्वाइस अफ नेपाल ।

भ्वाइस अफ नेपालको पहिलो सिजन सकिएको दुई वर्ष बितिसकेको छ । तर, उक्त सिजनका सहभागीहरुले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो सम्बन्धित व्यक्तिलाई मात्र होइन, खुल्लेआम सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन् । अन्तिम चार प्रतिस्पर्धीमध्येका दुई प्रतियोगी श्रीजय थपलिया र सप्तक दूतराजले मंगलबार बिहान आ–आफ्नो फेसबुक पेजमा ‘खुल्ला पत्र’ पोष्ट गर्दै भ्वाइस अफ नेपालबाट सम्झौता अनुसारको रकम नपाएको बताएका हुन् ।

श्रीजय र सप्तकका अनुसार उनीहरूले १६ डिसेम्बर २०१८ मा लागू हुनेगरी व्यवस्थापन पक्षसँग सम्झौता गरेका थिए । १५ डिसेम्बर २०१९ मा समाप्त हुने यो सम्झौतापत्रमा सम्झौता अवधिभर शीर्ष चार जनालाई काठमाडौंमा खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने स्पष्ट उल्लेख छ । काठमाडौंमा घर हुनेहरू पनि आयोजकले तोकेको स्थानमा नै बस्नुपर्ने र जे जति खर्च हुन्छ, त्यो सबै आयोजकले व्यहोर्ने उल्लेख छ ।

त्यसैगरी सम्झौतापत्रमा मासिक एक लाख रुपैयाँ तलब दिइने पनि उल्लेख छ । त्यस हिसाबले १२ महिनाको १२ लाख आउनुपर्छ । तर, उनीहरूले अहिलेसम्म ५० हजार रुपैयाँ मात्रै पाएका छन् ।

त्यस्तै, प्रतिस्पर्धीहरुले सम्झौता अवधिभर वर्ल्ड टुर गर्ने र त्यसबापत आउने रकमको ७० प्रतिशत आम्दानी प्रतिस्पर्धीकै हुने उल्लेख छ । तर, सप्तक र श्रीजयले भ्वाइसमार्फत् जम्मा दुई देश युके र अष्ट्रेलियाको मात्र भ्रमण गरेका छन् । त्यहाँ प्रस्तुति दिएबापत् तोकिएको रकम समेत अझै नपाएको उनीहरुको गुनासो छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार