#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31709389973526746438223271481
नेपाल666324291814248061

गेट कलेजका विद्यार्थीद्वारा प्रयोगात्मक अभ्यास (भिडियोसहित)

काठमाडौं ।

टुरिजम र हस्पिटालिटी सम्बन्धि अध्ययनका लागि उत्कृष्ठ मानिने ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन कलेजका सिनियर ग्राजुएटिंग सेमेस्टारका विद्यार्थीहरुले सोमबार ‘द इन्च्यान्टेड इभिनिंग’को आयोजना गरेका थिए । हाल २० औँ ब्याचमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो फाइनल टर्म एसेस्मेन्टको अप्लाइड प्रोजेक्ट म्यानेजमेन्ट अन्तर्गत मास्करेट थिमको कार्यक्रम आयोजना गरेका हुन् । कलेजले विद्यार्थी स्वयंलाई मार्केटिङ, प्रोडक्शन र फाइनान्सको सम्पूर्ण जिम्मेवारी दिएको थियो ।

गेट कलेजका सिकाई लर्निङ बाइ डुइङ हुने गरेको र यस्ता कार्यक्रमहरु विद्यार्थीहरुले कक्षाकोठामा सिकेका सिकाईहरुलाई प्रयोगात्मक रुपमा उतारेर देखाउने अवसर भएको कलेजका सीईओ खेमराज लकाईले बताए ।

व्यवस्थापन संकायलाई केन्द्रमा राखेको गेट कलेजले व्यवहारमा आधारित आतिथ्य शिक्षा र प्रशिक्षण कार्यक्रम प्रदान गर्दै आएको छ । विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्दै आएको गेट कलेज टुरिजम र हस्पिटालीटीमा अब्बल मानिन्छ । हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु