#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31472205968913740601323097279
नेपाल652764271761147238

प्रेस युनियनको महाधिवेशन स्थगित

काठमाडौं ।
नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ ।

युनियन केन्द्रीय सचिवालयको बिहिबार बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को संक्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित संक्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचनाअनुसार महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

बुधबार सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणलाई लिएर तत्काल कुनै पनि सभा सम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो ।  सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष बद्री सिग्देलले जानकारी दिएका छन् । साथै युनियनले कोरोना भाइरसको सम्भावित संक्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान समेत गरेको छ ।—रासस

सम्बन्धित समाचारहरु