मोटरसाइकललाई ठक्कर दिएर भागेकाे विद्युतीय माइक्रो दुर्घटना, एकको म‍ृत्यु

मोटरसाइकललाई ठक्कर दिएर भागेकाे विद्युतीय माइक्रो दुर्घटना, एकको म‍ृत्यु


बुधबार बिहान बिपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती–५ सुन्दरवस्तीमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । 

बुधबार बिहान काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प १७७२ नं  को मोटरसाइकललाई काठमाडौंबाट रामेछापका मन्थली आउँदै गरेको बा प्र ३–००१ ज ०२९८ नंको विद्युतीय माइक्रो बसले ठक्कर दिई भाग्ने क्रममा नालीमा खसेको थियो । 

दुर्घटनामा घाइते रामेछापको मन्थली नगरपालिका–१२ की २० वर्षीय रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गाडीमा सवार मन्थलीका २३ वर्षीय पुष्पा तामाङ, मोटरसाइकल चालक इलामको थाकाथुम गाउँपालिकाका ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीय प्रविशा सुनुवार घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गाडीका चालक काभ्रेको पनौती–५ का उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo