#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32411415987742749826723925406
नेपाल693014531843750411

आजदेखि चिडियाखाना पनि बन्द हुने

ललितपूर ।

विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भने, “कोरोना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।” विद्यालयमा वार्षिक परीक्षा सकिएकाले विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उनले बताए ।

अवलोकनको लागि बन्द गरेपनि जीव जनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । हरेक दिन चिडियाखाना बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो । हाल चिडियाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् ।

हाल चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ वटा जीव जनावर रहेका छन् । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा , आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तु मध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोकनकर्ता कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीको लागि ७५० तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका नागरिकका लागि ५००, नेपाली लाई १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ९० शुल्क तोकिएको छ ।

मनकामना केवलकार शनिबारदेखि बन्द हुने
मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले विहिबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिन यता केवलकारमा यात्रा गर्न आउनेहरु घटेका थिए ।

चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार