कोशी प्रदेशः एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, राप्रपा विपक्षमा

कोशी प्रदेशः एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, राप्रपा विपक्षमा


आफ्नो समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । राप्रपा भने विपक्षमा बस्ने भएको छ ।

आज बस्ने कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तय गरिएको छ । 

एमालेको कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।  प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पार्टीको धारणा प्रस्तुत गर्ने र कार्कीलाई विश्वासको मत दिइने उनले बताए ।

कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा गत शनिवार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने जनाइसकेका छन् । राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने भएको छ । उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ ।

राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार प्रदेशसभामा विपक्षी पनि चाहिने भएकाले राप्रपा विपक्षमा बस्नेछ।

Logo