साउदीविरुद्ध अर्जुनको अर्धशतक

साउदीविरुद्ध अर्जुनको अर्धशतक


नेपालका ओपनर अर्जुन कुमालले एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२ ओभरमा १ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ ।

नेपालका अर्जुन कुमाल ५८ बलमा ४ चौकासहित ५१ रनमा क्रिजमा छन्। आकाश त्रिपाठी ३८ बलमा १ चौका र १ छक्कासहित २३ रनमा क्रिजमा छन् ।

नेपाललाई पहिलो विकेटका लागि अर्जुन कुमाल र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। दीपक ३७ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए ।

Logo