नेपाल आइपुग्यो हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव [तस्विरमा]

नेपाल आइपुग्यो हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव [तस्विरमा]


इजरायलमा मारिएका नेपालीहरू मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ।

इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो।

चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ। हालआइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ।

आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ। न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान  धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो। 

 

Logo