#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32812161994453761274224204966
नेपाल706144591828951866

लण्डनमा कोरोनाबाट एक नेपालीको मृत्यु भएको आशंका

लण्डन ।
बेलायतको लण्डनमा केही दिन अघि निधन भएका एक भूतपूर्व गोर्खालाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

लण्डनको साउथह्यारो बस्दै आएका करिब ६५ वर्षका पूर्व गोर्खा लिलाबहादुर राईको गत मंगलबार नर्थविकपार्क अस्पतालमा निधन भएको थियो । मृत्युको कारणबारे अस्पतालको आधिकारिक रिपोर्ट आइनसकेको तर डाक्टरहरुले पनि कोरोना संक्रमणको आशंका गरेको मृतकको परिवारले जानकारी दियो ।

परिवारका अनुसार मृतक पछिल्लो एक महिनादेखि निमोनियाबाट थलिएका थिए । झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो । अस्पतालबाट घर फर्किएको तीन÷चार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

राईको मृत्युपछि अस्पतालले उनको परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको थियो । यसअघि राई अस्पतालबाट फर्किएर बीचमा केही दिन घरमा बसेका कारण पनि परिवारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको राई परिवार निकट स्थानीय व्यवसायी गंगाबहादुर रानाले बताए ।

तर अस्पतालले मृतकलाई कोरोना संक्रमण भएको पुष्टि भने गरिसकेको छैन । संखुवासभा स्थायी घर भएका पूर्व गोर्खा राई लण्डनमा श्रीमती र छोरा–बुहारीका साथ बस्दै आएका थिए । उनी सेवा निवृत्त भएपछि सेक्युरिटीमा काम गर्दै आएका थिए ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार