#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334880231004825768498324798215
नेपाल747454811962454640

कलाकारहरूले जारी गरे सचेतना सन्देश (भिडियोसहित)

काठमाडौं ।
विश्वका १८८ भन्दा बढी मुलुकमा फैलिएको कोभिड १९ को त्रास नेपालमा पनि उत्तिकै छ । यस्तो त्रास हटाउनका लागि सचेतनामूलक सन्देश प्रचारप्रसार गर्न जरुरी छ । सावधानीका लागि घरमै बसेका कतिपय नेपाली कलाकारले सामाजिक सञ्जालमार्फत सतर्कता सन्देश जारी गरेका छन् । महानायक राजेश हमालले भिडियो सन्देश मार्फत आफ्नो दैनिकीमा परिवर्तन ल्याउन आग्रह गरेका छन् ।

सदाबहार नायिका करिश्मा मानन्धरले पनि कोरोनाबाट बच्न आग्रह गरेकी छिन् । कलाकार सिताराम कट्टेल (धुर्मुस)ले गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालाको निर्माण कार्य स्थगित गरि कोरोनाबारे जनचेतना फैलाउने जानकारी दिएका छन् । लोकप्रिय अभिनेत्री रेखा थापाले कोरोना भाइरसबाट बच्ने उत्तम उपाय सतर्कता भएको भन्दै भिडियो सन्देश दिएकी छिन् ।

यस्तै बरिष्ठ अभिनेता सन्तोष पन्तले कोरोना भाइरसबिरुद्धको अभियान अघि बढाएका छन् । उनको भिडियो सन्देश ‘हिजो आजका कुरा’ फिल्म टिमले सामाजिक संजालमा सार्वजनिक गरेको छ ।

अर्का अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत सचेत हुन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी नसकुन्जेलको समयसम्म सबैलाई अत्यावश्यकबाहेक घरभित्र रहन आग्रह गरेका छन् । उनी आफू पनि सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताएका छन् । दीपकले सामाजिक सन्जालहरुमा आएका भ्रामक समाचारहरुमा ध्यान नदिन, साथीहरुसँग भेटघाट गर्दा अर्काको बारेमा नकारात्मक कुरा नगर्न अनुरोध गरेका छन् ।

अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धोऔँ, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाईजरको प्रयोग गरौँ, मास्क लगाऔँ, भरसक भिडभाडमा नजाऔँ भन्दै भिडियो संदेश दिएकी छिन् । उनले ‘नमस्कार’ को संस्कारलाई पनि जोड दिएकी छिन् ।

त्यस्तै कलाकारहरु विल्सन बिक्रम राई, हरिहर अधिकारी, स्वस्तिमा खड्का, बर्षा सिवाकोटी, केकी अधिकारी, रिमा विश्वकर्मा, साम्रज्ञी आरएल शाह, अनु शाह, सचिंता लुईँटेल, लगायत थुप्रै कलाकारहरुले सामाजिक सञ्जालमा कसैले स्टाटस र कसैले भिडियो राख्दै सजग हुन आग्रह गरेका छन् भने स्वस्तिमा खड्का, बर्षा सिवाकोटी र केकी अधिकारीले आफु सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन् ।  हेरौं यो भिडियोमा :

 

 

सम्बन्धित समाचारहरु