आजबाट बडादसैँ समापन हुँदै

आजबाट बडादसैँ समापन हुँदै


नेपालीहरुको महानपर्व बडादसैँ आजबाट समापन हुँदैछ। गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडादसैँ कोजाग्रत पूर्णिमासँगै समापन हुन लागेको हो। 

नेपालीहरुले भव्यरुपमा मनाउने बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहँदै आएको छ। 

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात बडादसैँलाई बिदा गर्ने चलन रहेको छ। बडादसैँ समापन भएसँगै टिका ग्रहण कार्य पनि रोकिनेछ।

Logo