सिंगापुरविरुद्ध अर्नाको साढे ६ लाख चैट ! सबैभन्दा बढी कुशलले जिते, सन्दीपलाई कति ? [भिडियाे]

सिंगापुरविरुद्ध अर्नाको साढे ६ लाख चैट ! सबैभन्दा बढी कुशलले जिते, सन्दीपलाई कति ? [भिडियाे]


घरेलु टोली नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एशिया छनोटमा सानदार विजयी सुरुवात गरेको छ। सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरमाथि ८ विकेटको सानदार जित हात पारेको हो। 

टियू क्रिकेट मैदानमा सिङ्गापुरले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो।
नेपालले सिंगापुरविरुद्ध जित निकालेसँगै अर्ना बियरले कबोल गरे अनुरुप नेपाली खेलाडीहरुले आजको खेलबाट मात्रै ६ लाख ७५ हजार रकम पाउने भएका छन्।

सिंगापुरविरुद्धको खेलमा नेपालका लागि ३ खेलाडीहरु करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २-२ विकेट लिन सफल भए।

‘आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा बलर अभिनास बोहोराले ८४ हजार  रुपैयाँ पाउने भएका छन् । टीयू क्रिकेट मैदानमा जारी ‘समूह ए’ अन्तरगर्तको खेलमा सिंगापुरविरुद्ध बलिङ गर्दै अभिनास बोहोराले ८४ हजार कमाएका हुन्।

अविनाश बोहोराले सिंगापुरको ३ विकेट लिन सफल भए। अर्ना बियरले बाचा गरे अनुसार अविनाशले प्रतिविकेट २५ हजारका दरले ७५ हजार विकेटबाट र ९ डट बल प्रहार गरेका कारण प्रति डट बल ९ हजार पाउने छन्। समग्रमा अविनाश बोहोराले सिंगापुरविरुद्धको खेलबाट ८४ हजार पाउने पक्का भएको छ। 

यस्तै सिंगापुरविरुद्धको खेलमा नेपालका लागि ३ खेलाडीहरु करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २–२ विकेट लिन सफल भए। अर्थात यी तिनवटै खेलाडीहरुले २–२ विकेटबाट ५० हजारका हिसावले तीन खेलाडीहरुले १ लाख ५० हजार विकेटबाट मात्र जित्न सफल भए।

यस्तै सन्दीप, सोमपाल र गुल्सन झाले १३–१३ डट बल खेलाए। अर्थात यी तिनजनै खेलाडीहरुले प्रतिडटबल हजारका दरले १३–१३ हजार रुपैयाँ पाउने भए। समग्रमा तीन खेलाडीहरुले डट बलबाट ३९ हजार पाउने छन्।

सिंगापुरविरुद्धको खेलमा नेपालका लागि ३ खेलाडीहरु करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २-२ विकेट लिन सफल भए। अर्थात यी तिनवटै खेलाडीहरुले २-२ विकेटबाट ५० हजारका हिसावले तीन खेलाडीहरुले १ लाख ५० हजार विकेटबाट मात्र जित्न सफल भए।

यसैगरी करण केसीले ११ डट बल र अविनास बोहोराले ९ डट बल खेलाडी यी दुई खेलाडीहरुले क्रमश ११ हजार र ९ हजारका दरले २० हजार पाउने पक्का भएको छ। समग्रमा भन्नुपर्दा सिंगापुरविरुद्ध नेपाली बलरहरुले २ लाख ९३ हजार जित्न सफल भएका छन्। 

विश्वकप छनौटको आफ्नो पहिलो खेलअन्तर्गत सिंगापुरबाट १४६ रनको विजयी लक्ष्य पाएको नेपालका ब्याट्सम्यानले समेत उल्लेख्य रकम पाउने भएका छन्। अर्नाले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै कम्पनीले प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ उद्घोष गरेको छ। 

साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने अर्नाको उद्घोष छ। नेपाली ब्याटरहरुमा सबैभन्दा धेरै रन अर्थात ७४ रन प्रहार गर्न सफल कुशल भुर्तेलले अर्ना बियरबाट सम्मान रकम पाउने भएका छन्। 

उनले ७४ रनबाट ७४ हजारका साथै ८ चौंका र दुई छक्का पनि प्रहार गर्न सफल भएका थिए । अर्थात कुशलले प्रति चौंकाबाट १० हजारका दरले ८० हजार र २ छक्का बराबर ४० हजार पाउने पक्का भएको छ। समग्रमा कुशल भुर्तेलले सिंगापुरविरुद्ध १ लाख ९४ हजार सम्मान रकम पाउने छन्। 

यसैगरी दोस्रो नंम्बरमा आएका कप्तान रोहित पौडेलले ३५ रन बनाउन सफल भए। अर्थात उनले प्रति रन ३५ हजार कमाउन सफल भए। यसैगरी ३५ रन बनाउने क्रममा रोहितले २ चौंका र २ छक्का प्रहार गर्न सफल भए। 

रोहितले प्रति छक्का २० हजारका दरले ४० हजार र प्रति चौंका १० हजारको दरले २ चौंका बराबर २० हजार कमाउन सफल भए। समग्रमा कप्तान रोहित पौंडेलले सिंगापुरविरुद्ध ९५ हजार सम्मान रकम कमाउन सफल भए। यसैगरी ओपनरमा आएका आसिफ शेखले सिंगापुरविरुद्ध २७ रन बनाउन सफल भए।

यसरी हेर्दा आसिफले प्रति रन हजारका दरले २७ हजार पाउने पक्का पाउने छन्। आसिफले २७ रन बनाउने क्रममा २ चौंक र १ छक्का प्रहार गर्न सफल भए। आसिफले प्रति चौंक १० हजारका दरले २ चौंका बराबर २० हजार र एक छक्का बराबर २० हजार सम्मान रकम पाउने छन्। समग्रमा आसिफ शेखले सिंगापुरविरुद्ध ६७ हजार पाउने पक्का भएको छ। 

यसैगरी १ बल मात्र खेलेका र सोही बललाई पनि छक्का प्रहार गर्न सफल भएका कुशल मल्लले १ छक्का बराबर २० हजार र ६ रन बराबर अतिरिक्त ६ हजार कमाउन सफल भए। समग्रमा कुशल मल्लले सिंगापुरविरुद्ध २६ हजार कमाउन सफल भएका छन्।

रोहितले प्रति छक्का २० हजारका दरले ४० हजार र प्रति चौंका १० हजारको दरले २ चौंका बराबर २० हजार कमाउन सफल भए।

अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत टी-२० विश्वकप छनोटअन्तर्गत नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ घोषणा गरेको हो। त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

Logo