‘बब एण्ड ज्याङ, जेभिएर एकेडेमी कन्जरभेसन अवार्ड २०२३’ कार्यक्रम सम्पन्न

‘बब एण्ड ज्याङ, जेभिएर एकेडेमी कन्जरभेसन अवार्ड २०२३’ कार्यक्रम सम्पन्न


वातावरण संरक्षणमा लामोसमय देखि कार्यरत अमेरिकी एक दम्पती बब डोबेज र ज्याङ डोबेज (बब एण्ड ज्याङ) र जेभिएर एकेडेमीको संयुक्त आयोजनामा ‘बब एण्ड ज्याङ, जेभिएर एकेडेमी कन्जरभेसन अवार्ड २०२३’ कार्यक्रम सम्पन्न भएको छ । 

प्रा.डा. श्रीरामभगत माथे र प्रा.डा. प्रमोद श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा कलेजका छात्रहरुका लागि बब एण्ड ज्याङ कन्जरभेसन अवार्ड, कम्युनिटी बेस प्रोजेक्ट अवार्ड तथा गर्ल्स स्टुडेन्ट स्कलरसिप अवार्ड गरी ३ भिन्न विधाहरुमा अवार्ड प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा ५०० भन्दा बढी चराको आवाज निकाल्न सक्ने र विगत १५ वर्षदेखि वातावरण जोगाउने कार्यमा निरन्तर योगदान दिँदै आएका चितवनका विष्णु महतोलाई ‘बब एण्ड ज्याङ, जेभिएर कन्जरभेसन अवार्ड २०२३’ प्रदान गरिएको थियो । सो अवार्डवापत उनले एक लाख रुपैयाँ प्राप्त गरेका थिए । 

साथै जेभिएर कलेजमै हाल अध्ययनरत छात्रद्वय अंशु दाहाल र अर्सना आचार्यलाई ‘बब एण्ड ज्याङ कम्युनिटी बेस प्रोजेक्ट अवार्ड तथा कृति थपलियाले बब एण्ड ज्याङ गर्ल्स स्टुडेन्ट स्कलरसिप अवार्ड’ प्रदान गरिएको थियो । 

अमेरिका र थाईल्याडण्मा बसोबास गर्दै आएका बब ज्याङको दम्पती नेपालमा सन् १९७० मा आएका थिए । नेपालप्रतिको लगाव बढ्दै जाँदा बब ज्याङ दम्पतीले शिक्षा क्षेत्रमा केही गरौं भनेर सन् २०१७ छात्रवृत्ति कोषको स्थापना गरेका थिए । बब ज्याङ दम्पतीले स्थापना गरेको छात्रवृत्ति कोर्षबाट एउटा छात्रले नि:शुल्क कक्षा ११ र १२ पढ्न पाउँछन् । तर त्यसका लागि बब ज्याङ दम्पतीले जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरु हुनुपर्ने शर्त राखेका छन् । यदि दुई जना विद्यार्थी उस्तै गुण भएको खण्डमा भने ५०–५० प्रतिशत छात्रवृत्ति दिने र बाँकी कलेजले ब्यहोर्ने नियम राखिएको छ । 

कार्यक्रमका बीच विद्यार्थीहरुले प्रोजेक्ट वर्क पनि सार्वजनिक गरेका थिए, जहाँ उनीहरुले पानीको मुहानलाई सुक्न नदिन कसरी संरक्षण गर्ने र बटुवाहरुलाई पानीको व्यवस्थापन गर्ने भन्ने विषयमा प्रोजेक्ट वर्क सार्वजनिक गरेका थिए । 

सो अवसरमा कलेका प्रिन्सिपल रश्मी शर्मा मैनालीका अनुसार प्रोजेक्ट वर्कमा सहभागी विद्यार्थीहरुको कामलाई हेरेर उनीहरुलाई सम्मान गरिएको हो । यस्तै, प्रकृतिलाई जोगाउँदै आएका विष्णु महतो जस्ता मानिसहरुलाई सम्मान गर्दा उनीहरुले आफ्नो कामको इज्जत पाउने उनले बताए । प्रिन्सिपल मैनालीका अनुसार यस्ता कार्यक्रमहरु आयोजना गर्दा विदेशिने जनशक्तिलाई नेपालमै केही गराउन उत्पेरित गर्न सकिने कलेजको विश्वास छ । 

कार्यक्रमको अन्त्यमा, कलेजले मायाको चिनोका रुपमा अमेरिकी दम्पती बब डोबेज र ज्याङ डोबेजलगायत जुरी मेम्बर, प्रोजेक्ट को–अर्डिनेटर आर्यमन घिमिरे र जेभिएर कलेजमै हाल अध्ययनरत विद्यार्थी तथा राष्ट्रिय तेक्वान्दो खेलाडी सुभाङ्गी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

Logo