#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334855861004794768569624795096
नेपाल747454811962454640

प्रेम गीत ३ टिमले बाडयो सर्वसाधारणलाई मास्क

 

प्रदर्शनका लागी तयारी अवस्थामा रहेको चलचित्र ‘प्रेमगीत ३’ टिमले सर्वसाधारणलाई ११ हजार मास्क वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव भएपछि चलचित्रको टिमले आइतबार निःशुल्क मास्क वितरण गरेको हो ।चलचित्र निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा मास्क बाँडेका हुन् ।

आइतवार मात्र ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेनले फेसबुकमार्फत् जानकारी दिए। टिमले सर्वसाधारणलाई मास्क वितरण गर्दै सर्तकता अपनाउन पनि आग्रह गरेको थियो ।

सम्बन्धित समाचारहरु