इजरायलमाथी आक्रमण जारी राख्ने भन्दै यमनका हुथी विद्रोहीले सार्वजनिक गरे भिडियो

इजरायलमाथी आक्रमण जारी राख्ने भन्दै यमनका हुथी विद्रोहीले सार्वजनिक गरे भिडियो


प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच युद्ध जारी छ। यस युद्धमा १० हजार भन्दा बढीको ज्यान गइसकेको छ। 

हमास नियन्त्रित गाजामा प्रवेश गरेको इजरायली सेनाले गाजापट्टीलाई पूर्ण नियन्त्रणमा लिने दिशा अघि बढेको जनाइरहेको बेला यमनका हुथी विद्रोहीले इजरायलमाथी हमला जारी राख्ने घोषणा गरेका छन्। 

अलजजिराका अनुसार यमनका हुथीहरूले इजरायलमाथी आक्रमण जारी राख्ने घोषणा गरेका छन् र अब यसको बारेमा एउटा म्युजिक भिडियो जारी गरेका छन्। उनीहरूले भिडियोमार्फत यो पनि भनेका छन् क,‘यस युद्धमा भाग लिने पुरुषहरूमध्ये कसैले पनि आफ्नो दिनको काम छोड्ने विचार गर्नुहुँदैन।’

Logo