युएईविरुद्ध आशिफ शेखको महत्वपूर्ण अर्धशतक

युएईविरुद्ध आशिफ शेखको महत्वपूर्ण अर्धशतक


घरेलु टोली नेपालका ओपनर आशिफ शेखले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आशिफले ३९ बलमा ६ चौका र १ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । उनलाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले साथ दिइरहेका छन् । 

हाल नेपालले १२ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ । यसअघि राम्रो सुरुवाती दिलाएका ओपनर कुशल भुर्तेल ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए । त्यसपछि क्रिजमा आएका गुल्सान झा २२ रनमा बोल्ड आउट भए । 

Logo