भूकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो

भूकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो


शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। सबै घाइतेको उपचार भईरहेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ।

Logo