#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16772851015761203270372439
नेपाल9081

टेलिकमले ल्यायो जति रिचार्ज त्यति नै बोनस अफर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई जति रकम रिचार्ज गर्यो त्यति बराबरकै बोनस दिने निर्णय गरेको छ । यस्तो सुविधा बुधबार रातिदेखि लागू हुनेछ ।

यो सुविधा अन्तर्गत टेलिकमका ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्डमा रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् । तर सो बोनस भने टेलिकमकै नेटवर्कमा मात्र खर्च गर्नु पर्ने छ ।

सरकारले कोरोनाको संक्रमणबाट बच्न लकडाउन लागू गरेपछि ग्राहकलाई रिचार्ज कार्डको समस्या नहोस भन्ने उद्देश्यले टेलिकमले यस्तो निर्णय गरेको हो ।

अहिलेको अवस्था हेरेर रिचार्ज रकम बराबरकै बोनस ग्रहकलाई दिन मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनिलाई निर्देशन दिएपछि टेलिकमको यस्तो निर्णय आएको हो ।

यसरी प्राप्त बोनसबाट डाटा चलाउन र एसएमएस गर्न पनि सकिन्छ । तर टेलिकमबाहेकका नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिने बताइएको छ ।

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार