#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व604565336711630070972671440
नेपाल121261000206

काभ्रेको मण्डनदेउपूरमा आजदेखि ५० बेडको क्वारेन्टाइन संचालनमा आउने

काभ्रे।

जिल्लाको मण्डनदेउपूर नगरपालिकाले आजदेखि ५० बेडको क्वारेन्टाइन संचालनमा ल्याउने बताएको छ ।

वडा नं. ६ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता डिल्लीप्रसाद आचार्यले दिएको जानकारी अनुसार वडा नं. ६ को महादेव प्रावि र वडा नं. ७ को कालीदेवी प्राविमा ठाउँ खाली गराई क्वारेन्टाइन बनाउन लागिएको हो । उनले सामाजिक संजाल फेसबुकमा यस सम्बन्धि जानकारी उल्लेख गरेका छन् । साथै नगरपालिकाले १२ वटै वडामा विदेशबाट आएका नागरिकको पहिचान गरि उनीहरुको स्वास्थ्य जाँच गर्न लागिएको पनि जनाएका छन् ।

उनले लेखेका छन् ,
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम गर्ने सन्दर्भमा यस नगर पालिकाभित्र र नगरपालिका बाहिरबाट भित्रने क्रममा हुन सक्ने सम्भावित जोखिम लाई नगरपालिकाले गम्भिरता पूर्बक लिइ ५० बेडको क्वारेन्टाइन तयार गर्न लागिरहेको छ । मिति २०७६/१२/१३ गतेदेखि सञ्चालनमा ल्याउने गरि वडा नं ६ को महादेव प्रावि र वडा नं ७ को कालिदेवी प्राविमा क्वारेन्टाइनको लागि ठाऊँ तयार गर्न लागिएको जानकारी गर्दछु । बिदेश लगायत अन्य ठाउँबाट फर्कि आएका व्यक्तीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र बिरामी वा कोरोनाको लक्षण देखिएमा तत्काल अस्पताल पठाउने तयारी समेत नगरपालिकाले गरेको छ। यस संकटको घडीमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई २४ सै घण्टा सूचनामा रहि आवस्यक पर्दा सहयोगमा उपस्थिति हुन अनुरोध गरिन्छ ।
नगर प्रवक्ता
डिल्ली प्रसाद आचार्य

सम्बन्धित समाचारहरु

ताजा समाचार