#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व80944439566597347172531
नेपाल5041

हेटौंडाको यो भिड: लकडाउनलाई गिज्याउने र प्रशासनलाई चुनौती दिने

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बचाउन सरकारले लकडाउन घोषणा गरेको आज तेश्रो दिन ।

यो माहामारी मानिसबाट मानिसमा सर्ने निकै खतरनाक भाईरस भएकै कारण सरकारले सात दिनको लकडाउन गरेको हो । यसको प्रभाव हेटौँडामा नपर्ने कुरै भएन् । दिनभर लकडाउनको कारण हेटौँडा लगभग पूर्णरुपमा बन्द देखिएपनि साँझपख तरकारी तथा खाद्यन्न किन्ने बाहानामा मानिसकै भिड हुने किसिमले भीडभाड बढेपछि लकडाउनको कुनैपनि अर्थ नरहेको पाईएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा ख्वापगल्लीमा रहेको तरकारी बजार तथा हेटौँडा १० मा रहेको तरकारी बजारमा भिडभाड बढेको छ । स्थानीय सरकार तथा प्रशासनले जनतालाई खरिदको समय र खरिद गर्दा गर्नुपर्ने सावधानकको विषयमा कुनै सूचना जारी गर्न नसक्दा मानिसहरुमा जोखिम बढेको युवा ब्यवसायी तथा समाजसेवी सुनिल अधिकारी बताउँछन् ।

दिनभरी घरमा बसेपनि साँझ यसरी भिड हुन थालेपछि लकडाउनको कुनै अर्थ नभएको उनको भनाई रहेको छ । यता अर्का युवा ब्यवसायी भृगु कार्कीले पनि यस्तो बजार ब्यवस्थाले रोगको संक्रमण बढने संभावना रहेको भन्दै सामजिक सञ्जालमा पोष्ट गरेका छन् ।

पत्रकार रिपेश दाहालले पनि भिडको यस्तो अवस्थाले जोखिम बढेको भन्दै टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार