सिपीसीका तिब्बत सचिव चुनचङले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

सिपीसीका तिब्बत सचिव चुनचङले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने


चिनियाँ कम्युनस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ चुनचङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। आफ्नो ५ दिने लामो नेपाल भ्रमणमा हिजो अर्थात बुधबार मात्रै काठमाडौँ आइपुगेका चुनचङले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन्।

चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल आएका हुन्। काठमाडौँ आए लगत्तै सचिव वाङले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेटेर आफनो भेटघाट थालनी गरिसकेका छन्। 

Logo