#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626748837396130459562847571
नेपाल157281344220

सनराइज बैंकद्वारा ६५ थान पीपीई नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौं ।
सनराइज बैंकले ६५ थान पीपीई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने बताए ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्दै जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा संक्रमण भएको खण्डमा बचाउने उद्देश्यले उक्त पीपीई हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार