#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605845336739830085262682529
नेपाल140161176219

अलपत्र ६ सय मजदूरको उद्धार

कास्की ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’ का कारणले अलपत्र ६ सयको हाराहारीमा मजदूरको उद्धार गरिएको छ । अस्थायी बसोबास भएको स्थानमा खाद्यान्न सकिएपछि मजदूर भोकभोकै बस्नुपर्ने अवस्था आएको र आफूहरुलाई घरसम्म पुग्ने व्यवस्था मिलाउन मजदूरले माग गरेका कारण उनीहरुको उद्धार गरिएको हो ।

दाङ, तुलसीपुर, रोल्पा, सल्यान, चितवन, पर्सालगायतका जिल्लाका मजदूरलाई पहिलो चरणमा शनिबार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सार्वजनिक बसको व्यवस्था गरी आ–आफ्नो घरमा पुग्ने व्यवस्था मिलाइएको नेपाल निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । ‘प्रशासनले अनुमति दिएपछि आज दिउँसो र साँझ गरी ६ सय को संख्यामा मजदूरलाई उनीहरुको घरमा पुग्ने व्यवस्था गरियो’– अध्यक्ष श्रेष्ठले भने –‘जिल्लामा अझै ठूलो सङ्ख्यामा मजदूर अलपत्र परेको बताइन्छ । मजदूर रहेको स्थानबाट पोखरासम्म आउनसमेत कठिनाइ रहेकाले गाडी पठाएर ल्याउने तयारी गरिएको छ।’

पूर्वाधार विकास कार्यालयका प्रमुख एवं डिभिजनल ईन्जिनियर शोभियत खड्काले देशका विभिन्न भागबाट जिल्लामा आफ्नो कार्यालय मातहतका निर्माण योजनामा संलग्न भएका र हाल अलपत्र परेका कामदारलाई जिल्ला प्रशासनको सहयोगमा ‘रेसक्यू’ गरी सम्वन्धित ठाउँमा पु¥याइएको जानकारी दिए । आफ्नो कार्यालयअन्तर्गतका ठूला योजनामा कार्यरत ६ सय ६१ मजदूर प्रभावित भएको उनको भनाइ छ । तीनै तहका सरकारअन्तर्गतका जिल्लामा सडक, खानेपानी, नदी तटबन्ध, सिँचाई, भवनलगायतका पूर्वाधार योजनामा १० हजारको सङ्ख्यामा मजदूर कार्यरत रहेका र त्यसमा दुई हजार ५ सय विदेशी रहेका बताइन्छ । –रासस

सम्बन्धित समाचारहरु