पशुपतिको गौशालामा गाई तिहार

पशुपतिको गौशालामा गाई तिहार


कार्तिक कृष्ण औँसीका अवसरमाआज गाईको पूजाआजा गरी गाई तिहार मनाइएको छ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाई तिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो लागेकाे छ।

उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन्। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन (आज) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ। 

 

Logo