चिसोले भूकम्प पीडितको मृत्यु हुनु दुर्भाग्य: झलनाथ खनाल

चिसोले भूकम्प पीडितको मृत्यु हुनु दुर्भाग्य: झलनाथ खनाल


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन्।

सोमबार काठमाडौँमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ समाजवादी केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन्।

भूकम्प पीडितलाई सहयोगका लागि एकद्धार नीति बनाएको र विभिन्न सङ्घ संस्था, पार्टीहरूले सहयोग पुर्‍याइरहेको उल्लेख गर्दै तर पीडितहरूसम्म सहयोग पुगिरहेको छैन भन्ने गुनासाे आएको बताए।

कतिपय जनताले अझै पनि आवश्यक राहत, उद्धार पाउन नसकेको कुरा सञ्चार माध्यमहरूमा आइरहेको भन्दै उनले चिसोका कारण कतिपयको मृत्यु भएको कुरा साँचो हो भने अत्यन्तै दुर्भाग्यको कुरा भएको उल्लेख गरे।

उनले भने, ‘यो कुरालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक सोच्नुपर्छ। अहिलेसम्म यत्रो दिन पार हुँदा सरकारले आवश्यक सुविधा दिँदैन। एउटा कम्बल पनि दिन सक्दैन। मानिस जाडोले मर्नुपर्ने स्थिति भयो भने योभन्दा दुर्भाग्य अरु हुन सक्दैन।’

Logo