तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचाराकाे सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास

तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचाराकाे सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास


सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना दिएका छन् । 

सभामुखले आज एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । 

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबिच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकैले नेपाली आज विश्वसामु फरकरूपीमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्”, सभामुखले सन्देशमा भनेका छन्। 

Logo