अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज पिजेन्ट २०२३’ का लागि रोजिन कोरियाेग्राफरमा नियुक्त

अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज पिजेन्ट २०२३’ का लागि रोजिन कोरियाेग्राफरमा नियुक्त


फेसन तथा सौन्दर्य प्रतियोगिताका चर्चित कोरियोग्राफर रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पिजेन्ट २०२३’को कोरियोग्राफरमा नियुक्त भएका छन्। ‘हेरिटेज पेजेन्ट २०२३’को समग्र स्टेज प्रस्तुतिका लागि नेपालका शाक्य र मलेसियाका वेस्ली स कोरियोग्राफरको रूपमा नियुक्त भएका हुन्।

‘हेरिटेज पिजेन्ट २०२३’ थाइल्यान्डको बैंककमा १८ देखि २७ नोभेम्बरसम्म आयोजना हुँदैछ। प्रतियोगितामा कोरियोग्राफीसँगै कार्यक्रमको सञ्चालनको जिम्मेवारी समेत आफ्नो रहेको शाक्यले बताए। शाक्य हेरिटेज प्याजेन्स् बाहेक मिस मर्मेड सिंगापुर, मोडल सुपरस्टार मुम्बई, मिस तामाङ वर्ल्ड लगायतको समेतको अफिसियल कोरियोग्राफर हुन्। 

‘हेरिटेज पेजेन्ट २०२३’ इप्लानेट पीटीई लिमिटेड, सिंगापुरले आयोजना गर्दै आएको छ। कार्यक्रममा नेपाल सहित ३० बढी राष्ट्रका प्रतियोगीको सहभागिता रहनेछ। 

Logo