#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4381719411651051045179532200294
नेपाल15983086243293115675
काठमाडौं । ०७७ सालमा ६४ दिन सार्वजनिक बिदा तय भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । साताको शनिबार हुने ५२ वटा सार्वजनिक बिदा बाहेक ६४ दिन सार्वजनिक बिदा हुनेछ । संविधान दिवस, दसैं र तिहारमा १/१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिन भएको हो ।नयाँ वर्ष (वैशाख -१), मजदुर दिवस (बैशाख -१९), बुद्ध जयन्ती (वैशाख -२५), संविधान दिवस (असोज -३), दसैं बिदा (कात्तिक -७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ ।गणतन्त्र दिवस (जेठ- १५ गते), जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ -२१ गते), निजामति सेवा दिवस (भदौ- २२ गते), राष्ट्रिय एकता दिवस (पुस-२७ गते), शहीद दिवस (माघ -१६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन -७ गते) लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।काठमाडौं उपत्यकामा गाईजात्रा (साउन -२० गते), ईन्द्रजात्रा (भदौ- १६ गते) घोडेजात्रा (चैत -२९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।उभौली पर्व (वैशाख -२५ गते), गौरा पर्व (भदौ -१० गते), इदुल फित्र, छठपर्व (मंसिर -५ गते), क्रिसमस डे (पुस -१० गते), उधौली पर्व (पुस -१५ गते), माघेसंक्रान्ति (माघ -१ गते), सोनाम ल्होसार (माघ -३० गते), ग्याल्पो ल्होसार (चैत -१ गते) सिरुवा पवनी पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएका छ ।जितिया पर्व (भदौ २५ ) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ । वसन्त पञ्चमीमा फागुन -४ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा मंसिर -१८ मा अपाङ्गगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।त्यस्तै, महिला दिवस (फागुन- २४ गते), शिवरात्री (फागुन- २७ गते) तथा फागुपूर्णिमा (चैत -१५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ ।महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

०७७ सालमा कुन-कुन दिन सार्वजनिक बिदा ?

काठमाडौं ।
०७७ सालमा ६४ दिन सार्वजनिक बिदा तय भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । साताको शनिबार हुने ५२ वटा सार्वजनिक बिदा बाहेक ६४ दिन सार्वजनिक बिदा हुनेछ । संविधान दिवस, दसैं र तिहारमा १/१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिन भएको हो ।

नयाँ वर्ष (वैशाख -१), मजदुर दिवस (बैशाख -१९), बुद्ध जयन्ती (वैशाख -२५), संविधान दिवस (असोज -३), दसैं बिदा (कात्तिक -७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ ।

गणतन्त्र दिवस (जेठ- १५ गते), जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ -२१ गते), निजामति सेवा दिवस (भदौ- २२ गते), राष्ट्रिय एकता दिवस (पुस-२७ गते), शहीद दिवस (माघ -१६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन -७ गते) लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।

काठमाडौं उपत्यकामा गाईजात्रा (साउन -२० गते), ईन्द्रजात्रा (भदौ- १६ गते) घोडेजात्रा (चैत -२९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।

उभौली पर्व (वैशाख -२५ गते), गौरा पर्व (भदौ -१० गते), इदुल फित्र, छठपर्व (मंसिर -५ गते), क्रिसमस डे (पुस -१० गते), उधौली पर्व (पुस -१५ गते), माघेसंक्रान्ति (माघ -१ गते), सोनाम ल्होसार (माघ -३० गते), ग्याल्पो ल्होसार (चैत -१ गते) सिरुवा पवनी पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएका छ ।

जितिया पर्व (भदौ २५ ) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ । वसन्त पञ्चमीमा फागुन -४ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा मंसिर -१८ मा अपाङ्गगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।

त्यस्तै, महिला दिवस (फागुन- २४ गते), शिवरात्री (फागुन- २७ गते) तथा फागुपूर्णिमा (चैत -१५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

सम्बन्धित समाचारहरु