अष्ट्रेलियाविरुद्ध भारतलाई तेस्रो झड्का, कप्तान रोहितपछि श्रेयस सस्तैमा आउट

अष्ट्रेलियाविरुद्ध भारतलाई तेस्रो झड्का, कप्तान रोहितपछि श्रेयस सस्तैमा आउट


अष्ट्रेलियाविरुद्ध आइसिसी विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । 

खेलको पहिलो १० ओभरको पावर प्लेमा भारतले राम्रो सुरुवात गरेको छ । ३ विकेटको क्षतिमा ८१ रन बनाएको छ । ओपनर सुभमन गिल ४ रनमा गुमाए पनि क्रिजमा अर्का ओपनर रोहित शर्मा र विराट कोहली टिकेका थिए । तर, कप्तान रोहित पनि अर्धशतक नजिक पुगेर आउट भए । उनी ४७ रनमा क्याचआउट भए । उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनलाई ग्लेन म्याक्सवेलले आउट गरेका हुन् । 

त्यस्तै, श्रेयस लेयर ४ रनमै आउट भए । यसअघि उनले सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए । हाल क्रिजमा विराट र केएल राहुल छन् । 

अपराजित रहँदै फाइनलमा पुगेको भारत घरेलु मैदानमा तेस्रो उपाधी जित्न चाहन्छ । त्यस्तै, विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया पनि छैटौं उपाधी जित्ने सोचमा छ । भारतले सेमिफाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए। सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो। यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ। 

Logo