#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व681046539697831015703311917
नेपाल2912112568333

सीमा नाकामा नागरिक रोक्नु कदापी उचित होइन–अध्यक्ष थापा

फाइल फोटो

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतमा रहेका नेपालीलाई सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले मंगलबार ट्वीट गर्दै विपद्को समयमा भारतबाट नेपाल फर्किने नागरिकलाई सीमा नाकामा रोक्न नहुने उल्लेख गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिइरहेको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणमा आफ्ना देशका नागरिकको सुरक्षा र व्यवस्थापन गर्न नसक्ने सरकार लाचारी हुने उनको आरोप  छ ।

अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्–‘विभिन्न देशले प्लेन चार्टर गरेर आफ्ना नागरिक घर फर्काइरहेका छन्, हामीले पनि चीनबाट ल्यायौँ । तर भारतमा रहेका नेपालीहरु सीमा नाकामा रोकिनु कदापी उपयुक्त होइन । उनीहरुलाई स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गरेर देशभित्र ल्याउन सक्दैन र अनेक बहाना बनाउँछ भने त्यो सरकारको लाचारी र असक्षमता हुनेछ ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार