बाजेको पालाकाे मुद्दा नातिसम्म पनि फैसला हुँदैन, कहिले न्याय पाउने ? -सभापति देउवा

बाजेको पालाकाे मुद्दा नातिसम्म पनि फैसला हुँदैन, कहिले न्याय पाउने ? -सभापति देउवा


नेपाली काँङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुद्दाको फैसला लामो समयसम्म नहुँदा जनताले न्यायको अनुभूति गर्न नसकेको बताएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको ३४औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बाजेको पालादेखिको मुद्दा नातिको पालासम्म पनि फैसला हुन गाह्रो छ भनेपछि कहिले न्याय पाउने जनताले ? छिटो छरितो रुपमा न्याय हुन सके मात्र पीडितले न्यायको अनुभूति गर्न सक्छन्’ उनले भने ।

सुशासन र समृद्धि आजको आवश्यकता हो भन्दै सभापति देउवाले भने, ‘असल सरकार, सक्षम न्यायपालिका र जवाफदेही व्यवस्थाबिना सुशासन आउँदैन । संविधान बनाउँदा हामीले सबैको सबै खाले हक लेखेका छौं तर आज नागरिकका मौलिक हकसम्बन्धी व्यवस्था कानूनको अभावमा उचित कार्यान्वयन हुन सकेको छैन । यसमा ध्यान जान आवश्यक छ ।’

Logo