विश्वकप छनोटमा उरुग्वे शीर्ष स्थानमा

विश्वकप छनोटमा उरुग्वे शीर्ष स्थानमा


उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार बिहान बोलिभियालाई ३-० गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकालेको हो। 

उत्तर अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधैं ६ राष्ट्रले स्थान बनाउँछन्। जसमा उरुग्वे अहिले ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ। उरुग्वेलाई जिताउन डार्विन ग्याब्रिएल नुनेजले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो।

१५ औँ मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। ३९ औँ मिनेटमा बोलिभियाका ग्याब्रिएल भिलामिलले आफ्नै पोस्टमा गोल गरेपछि उरुग्वेले अग्रता दोब्बर बनायो। ७१ औँ मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा उरुग्वेले ३-० को सहज जित निकालेको छ। 

यसैगरी इक्वेडरले चिलीलाई १-० गोल अन्तरले पराजित गरेको छ। इक्वेडरको जितमा एन्जल मेनाले २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। इक्वेडर ६ खेलबाट ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ। यस्तै, कोलम्बियाले पराग्वेलाई १-० गोल अन्तरले स्तब्ध बनाएको छ। 

कोलम्बियाका राफेल सान्टोसले ११ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। सोही अग्रता अन्तिमसम्म कायम राख्दै स्पष्ट ३ अंक लिएको हो। कोलम्यिबाले ६ खेलमा १२ अंक जोड्दै आफूलाई तालिकाको तेस्रो स्थानमा राखेको छ भने पराजित भएको पाराग्वे सातौं स्थनमा छ।  

Logo