दुर्गा प्रसाईंको समर्थकहरु मध्यरातमा लखेटिएकाे भिडियोप्रति के भन्छन् महेश बस्नेत ?

दुर्गा प्रसाईंको समर्थकहरु मध्यरातमा लखेटिएकाे भिडियोप्रति के भन्छन् महेश बस्नेत ?


सामाजिक सञ्जालमा महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको भाइरल भिडियो प्रति युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवासंघले सो कार्य नगरेको टिप्पणी गरेका छन् । 

गएराती जडिबुटीस्थित इन्द्रसान व्याङ्क्वीटमा बसेका ३५ जना बढी महिलाको समुहलाई युवा संघको नाम लिएर पुरुषको समुहले बस्न नमिल्लने भन्दै सो स्थानबाट निक्लिन भनेको भिडियोमा देखिन्छ ।  भिडियोमा कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ । भिडियोमा बोल्ने एक पुरुषले बस चढाएर उनीहरुलाई इटहरी नै फर्काइदिने भनेर कुरा गरेको सुनिन्छ । सो भिडियोबारे नेपाल न्यूज बैंकले दुर्गा प्रसाईँसँग नजिक रहेर कार्य गर्दै आएका डा. सागर ढकालसँग कुरा गर्दा उनले महिलामाथी मंगलबार राती नराम्रो व्यवहार गरेको बताएका छन् । 

‘युवा संघका १५,१६ जनाको समुहमा आएका व्यक्तिहले इन्द्रसान व्याङ्क्वीटमा बास बसेका ३५ जना जति महिला दिदीबहिनीहरुलाई अभद्र व्यवहार गरेका छन् । १० बजे राती आएका उनीहरुले एक महिलामाथि लात्ति प्रहार गरेका छन्,’ ढकालले आरोप लगाए ।  युवा संघका व्यक्तिहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको उनको दाबी छ । उनले प्रहरीलाई घटनाबारे खबर गरेपछि ति पुरुषको समूह भागेको बताएका छन् । 

तर, सो घटनाबारे यता युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले युवा संघकै समन्वयमा ति महिलाहरुलाई बस्ने व्यवस्था मिलाएको भन्दै उक्त कार्य नगरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्, ‘दुर्गा प्रसाईं जस्ता अपराधिक ब्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र ब्यक्तिविरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानियले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरेको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ । याद होस् ति ब्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरुले नै  बास बस्ने  ब्यवस्था गरेका हुन् । युवा संघ सधैं मर्यादित र मानविय हिसाबले अगाडि लम्कन्छ । कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन ।’

Logo