आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल


आज २०८० मंसिर ७ गते बिहीबार। २३ नोभेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो बन्नेछ । साँझमा भने शुभ समाचार पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज प्रेम जीवन सुखद् रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत पनि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुनै समाचारले मनमा शान्ति छाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ। जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आज जोशजाँगर र उमङ्ग बढ्नेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्न पनि सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मन भावुक र उत्ताउलो बन्नसक्छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सजिलै अरूको मन जित्न सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

Logo