कोकाकोला इन्डियाद्वारा क्रिकेट वर्ल्डकप २०२३ मा ग्राउन्डब्रेकिंग सस्टेनेबिलिटी इनिसिएटिभ

कोकाकोला इन्डियाद्वारा क्रिकेट वर्ल्डकप २०२३ मा ग्राउन्डब्रेकिंग सस्टेनेबिलिटी इनिसिएटिभ


कोका–कोला इन्डियाले आईसिसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको सुरुवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरूबाट राष्ट्रिय झण्डाहरू बनाएको हो, जसले क्रिकेटको दुनियाँमा एक इको–फ्रेन्डली रन थपेको छ ।

आईसिसी हेड अफ इभेन्ट्स क्रिस टेटलीले भने, “आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा इनोभेशन र स्टेबिलिटिलाई विशेष ध्यान दिंदै एकता र गर्वलाई मूर्त रूप दिने राष्ट्रिय झण्डाहरू पेट बोतलहरूबाट बनाईएका छन्।”

साथै कोका–कोला इन्डिया र साउथ वेस्ट एशियाका मार्केटिंग भाईस प्रेसिडेन्ट अर्नब रोयले भने, “यी पुनः प्रयोग गरिएका बोतलहरूबाट बनाईएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत सर्कुलर इकोनोमीका सिद्धान्तहरूलाई अगाडि बढाउनको लागि हामीले यो पहल गरेका हौँ ।”

यस उत्कृष्ट कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको जनाइएको छ । कोका–कोलाले आईसिसीसँग मिलेर सबै १० सहभागी राष्ट्रहरूको लागि राष्ट्रिय झण्डा र १० आईसीसी युनिटी फ्ल्यागहरू बनाएको हो, जुन सबै पोस्ट–कन्ज्युमर पीईटी बोतलहरूबाट बनेको थियो । यी झण्डाहरूले प्रि–म्याचको राष्ट्रिय गान समारोहहरूमा विशेष ध्यानाकर्षण गरेको थियो, जसले टूर्नामेन्टको माहोल बनाएको थियो ।

प्रत्येक राष्ट्रिय झण्डाको लागि लगभग ११ हजार पेट बोतलहरू र प्रत्येक आईसिसी युनिटी फ्ल्यागको लागि थप २ हजार पेट बोतलहरू प्रयोग गरिएको थियो । १०० भन्दा बढी कामदारहरू संलग्न यस निर्माण प्रक्रियालाई गोरिभाईजले नेतृत्व गरेको थियो । यी वातावरण मैत्री झण्डाहरू उत्पादन गर्न २५ दिन र ३०० घण्टाभन्दा बढी समय लागेको थियो ।

फोहोर व्यवस्थापनको बारेमा चेतना जगाउनका लागि र फ्यानहरूलाई सहभागी गराउन कोका–कोला इन्डियाले प्रतियोगिताभर अनलाइन र अफलाइन पहलहरू पनि सुरु गरेको थियो । ३ःबष्मबबलक्बबा अभियानको एक भागको रूपमा कोका–कोला इन्डियाले टुर्नामेन्टमा फोहोर व्यवस्थापनलाई सहज बनाएको थियो र सबै स्टेडियमहरूमा पेट कलेक्शन मेसिनहरू राखिएको थियो ।

कोका–कोला इन्डिया र आईसीसीले आईसीसी मेन्स क्रिकेट विश्वकप २०२३ को समयमा खेलकुदको दिगो अनुभवप्रति आफ्नो प्रतिबद्धता देखाउने लक्ष्य राखेको छ ।आईसीसी मेन्स क्रिकेट विश्वकप २०२३ लाई अझ दिगो बनाउन कोका–कोला इन्डिया र आईसीसी मिलेर काम गरिरहेका छन् । यस पहलले वातावरणीय जिम्मेवारीसँग खेलकुदलाई जोडेर नयाँ मापदण्ड सेट गरेको छ । खेलकुद र दिगोपनलाई कसरी जोड्न सकिन्छ भनेर कोका–कोलाले ऐतिहासिक उदाहरण दिएको छ ।

Logo