उपत्यकामा कहाँ-कहाँ भइरहेको छ प्रदर्शन ?

उपत्यकामा कहाँ-कहाँ भइरहेको छ प्रदर्शन ?


ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको छ। र्‍यालीका कारण सवारी साधन ‘क्यु’मा रहेको ट्राफिक प्रहरीले बताएको छ। 

काठमाडौँ उपत्यकाको बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि, सातदोबाटोलगायत स्थानमा मानिसहरू भेला भएका छन्।

सितापाइला, टोखा, पेप्सीकोला सल्लाघारी र सामाखुसीबाट तीनकुनेका लागि र्‍याली सुरु भइसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। त्यस्तै गौशाला र बिजिमहलबाट बल्खुको लागि र्‍याली सुरु भएको छ।

Logo