#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626740837396130459062847541
नेपाल157281344220

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

फाइल फोटो

काठमाडौं ।
नेपाल ट्रेड युनियन कांग्रेसले नोवेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई कोरोना भाइरसको परिक्षण बढाउन ट्रेड युनियन कांग्रेसका तर्फबाट ध्यानाकर्षण गराएका हन् ।

विश्वव्यापी रुपमा कोरोना भाईरस सङ्क्रमण फैलिएको लामो समय भइसक्दा पनि नेपालमा जम्मा एक हजार व्यक्तिको मात्र जाँच हुनु दुःखद भएको महासचिव कुँवरले बताएका छन् । ‘सरकारले वर्तमान संकट र समस्याप्रति संवेदशील भई कोरोना भाइरस परिक्षणको दायरा बढाउनुपर्छ’ –विज्ञप्तिमा भनिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले विश्व स्वास्थ्य संघठनको मापदण्डअनुरुपको व्यक्तिगत सुरक्षा सामग्री पीपीईको व्यवस्था गरी प्रत्येक जिल्लाबाट कोरोना परीक्षण तथा उपचार सेवा तत्काल विस्तार गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरी ट्रेड युनियनलाई समेत प्रतिनिधित्व गराई श्रमिकको अभिलेख तयार गरी दैनिक ज्यालादारी मजदूरलाई लकडाउन अवधिभर दैनिक न्यूनतम पारिश्रमिक दिनुपर्ने माग राखेको छ ।

सरकारले स्वास्थ्यकर्मीका लागि घोषणा गरेको बीमा रकमलाई बढाउनुका साथै दायरा बढाउनुपर्ने, कामदार तथा कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने, वैदेशिक रोजगारीमा रहेका श्रमिकले स्वदेश आउन चाहेमा उद्दार गर्नुपर्ने, लकडाउनका कारण अप्ठ्यारोमा रहेका श्रमिकलाई सुरक्षित तवरले आफ्नो गन्तव्यसम्म पु¥याउने व्यवस्था तत्काल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी लकडाउन अवधिभर श्रमिक तथा स्वरोजगार व्यक्तिलाई प्रभावकारी रुपमा घर भाडा मिनाहा गर्नुपर्ने माग समेत गरिएको छ । –रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार