नेपाल स्काउटका तीन परिषद्को ताेकियाे निर्वाचन मिति

नेपाल स्काउटका तीन परिषद्को ताेकियाे निर्वाचन मिति


नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन मिति तोकिएको छ ।

आश्विन २९ गते बसेको नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिको बैठकको निर्णयानुसार नेपाल स्काउट ऐन २०५०, नेपाल स्काउट नियमावली २०७७ र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिम नेपाल स्काउटको तीन परिषद्को निर्वाचनको मिति तोकेको हो । स्थानीय परिषद्को निर्वाचन आगामी पौष २७ देखि २९ सम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ०६ गते गर्ने गरी तोकिएको स्काउटले जनाएको छ ।

निर्वाचनमा भाग लिनका लागि राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा स्काउटरहरुलाई आगामी मंसिर ३० गते भित्र नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता र्पोटल ओएमआरएसमा आफू र आफ्नो युनिट दर्ता गराउनुपर्नेछ । 

निर्वाचन समिति गठनका लागि सहसचिवसरहको अधिकृतलाई संयोजक तोकी पठाइदिन स्काउटले युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । नेपाल स्काउटको निर्वाचन निर्देशिका, २०७८ मा निर्वाचन गर्न मन्त्रालयले तोकेको सहसचिवसरहको अधिकृत संयोजकत्वमा स्काउटको कानुनी सल्लाहकार र कार्यालय प्रमुख सदस्य रहने निर्वाचन समिति गठन हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार स्काउटले मन्त्रालयलाई पत्राचार गरेको हाे । 

No description available.

Logo