संसदलाई प्रभावकारी र नतिजामुखी बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

संसदलाई प्रभावकारी र नतिजामुखी बनाउन मुख्यमन्त्री कार्कीको आग्रह


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले भने, ‘मलाई लागेको थियो प्रश्न तिखा तिखा आउँछन् र म र्याखर्याख्ती हुन्छु । मलाई उत्तर दिनका लागि विज्ञ चाहिन्छ भनेर आशा गरेको थिएँ र आगामी दिनमा पनि आशा गर्दछु ।’ 

उनले सदनभित्र हुने गहन छलफलले उत्तर मात्रै नभई प्रतिफल पनि आउने विश्वास व्यक्त गरे । यो सरकार खबरदारी गरेको मन पराउने सरकार भएकाले प्रश्न गर्दैमा मुख्यमन्त्री, मन्त्रीहरू रिसाउनुहुन्छ भन्ने संशयमा नपर्न उनले आग्रह गरे ।

विधेयकमाथि छलफलमा प्रदेश सभा सदस्यहरु गम्बु शेर्पा, सपना दर्जी किशोर चन्द्र दुलाल, विदुर कुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल, रामप्रसाद महतोले भाग लिएका थिए ।

Logo