दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी धर्मगुरु आचार्य श्रीनिवास पक्राउ


धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन्।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो।

Logo