एमाले अध्यक्ष ओली धनगढीमा, आज बैतडी जाने

एमाले अध्यक्ष ओली धनगढीमा, आज बैतडी जाने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्।  एमालेले मंसिर १४ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग (झुलाघाट–चिवाभञ्ज्याङ) पदयात्रामा सहभागी हुन मंगलबार साँझ धनगढी गएका हुन्।

एमालेले तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको उद्घाटन ओलीले नै गर्नेछन्। जसका लागि उनी धनगढीबाट आज बैतडी पुग्ने उनको सचिवालयले जनाएको छ। 

उनीसँगै एमाले उपाध्यक्षहरु ईश्वर पोखरेल, विष्णु पौडेल सहितका शिर्ष  नेताहरू पनि बैतडी जाने भएका छन्। एमालेले सो पदयात्रालाई सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने भन्दै आएको छ।  पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ। 

Logo