युगाण्डा टी- २० विश्वकपमा छनौट

युगाण्डा टी- २० विश्वकपमा छनौट


अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौट भएको छ । युगाण्डाले विश्वकप छनौटअन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो । योसँगै युगाण्डा पहिलो पटक टी- २० विश्वकपमा छनौट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनौट भएसँगै टेस्ट खेल्ने देश जिम्बाबे टी- २० विश्वकपमा छनौट हुन असफल भएको छ । जिम्बाबे यसअघि ६ पटक टी- २० विश्वकप  खेलेको थियो । 

साथै यस अघि २००७ मा टी- २० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनौट हान असफल भएको छ । ७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिइ सकेका थिए ।

Logo