धनगढीमा टाटा गाडीका मेकानिक्स तथा पार्ट्स वितरकहरुको भेला

धनगढीमा टाटा गाडीका मेकानिक्स तथा पार्ट्स वितरकहरुको भेला


सिप्रदी अटोपार्ट्स प्रालिले धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्ट्स वितरकहरुको भेला आयोजना गरेको छ । 

कम्पनीका अनुसार यस कार्यक्रमको प्रमुख उदेश्य टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने थियो । साे अवसरमा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्ट्सको प्रयोग गर्नाको फाईदाहरुको बारेमा प्रकाश पारे । 

सो कार्यक्रममा करिब ५० जनाको उपस्थिती थियो र कार्यक्रम सिप्रदी अटोपार्टसका क्षेत्रिय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको थियो ।

Logo