उडिनेसमाथि इन्टर मिलानको फराकिलो जित

उडिनेसमाथि इन्टर मिलानको फराकिलो जित


इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसमाथि शानदार जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो।इन्टर मिलानको जितमा हाकन कलहानोग्लु, फेडेरिको डिमार्को, मार्कस थुराम र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए।

यो जितपछि इन्टर मिलानको सिरी ए मा १५ खेलमा ३८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ। त्यसैगरी उडिनेसको भने १५ खेलमा १२ अंक रहेको छ र लिगमा १६औँ स्थानमा छ।

Logo