#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657354038804130149943170505
नेपाल230092013278

भक्तपुर साहित्यिक समाजले आयोजना गर्यो भिडियो कन्फ्रेन्स मार्फत गोष्ठि

काठमाडौं ।
भक्तपुर साहित्यिक समाजले बिहिबार भिडियो कन्फ्रेन्स मार्फत साहित्यिक गोष्ठि आयोजना गरेको छ । नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको बेला उच्च सतर्कता अपनाउँदै भिडियो कन्फ्रेन्स मार्फत साहित्यिक गोष्ठि आयोजना गरिएको हो ।

समाजले आयोजना गरेको उक्तगोष्ठिमा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । लकडाउनको अवस्थामा एक अर्काको हालखवर बुझ्न र सुरक्षित बसाइँको कामना सहित आयोजित उक्त भिडियो कन्फ्रेन्समा नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदान र कोरोना जोखिम र सचेतनामुलक कविताहरु वाचन गरिएकोे समाजका अध्यक्ष राजुराम मुनकर्मीले जानकारी दिए ।

भिडियो कन्फ्रेन्स गोष्ठिमा रसिलो चोटिलो गजल, कविता, मुक्तक आदी वाचन तथा गायन गरिएको थियो । भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजित उक्त गोष्ठि कोरोनाको संन्त्रास र तनाव कम गर्न उपयोगी भएको समाजका सल्लाहाकार श्याम गैडाले बताए ।

त्यस्तै भिडियो कन्फ्रेन्समा कतिपय सदस्यहरूले दर्शकको रूपमा सक्रिय सहभागिता जनाएका थिए । एक घण्टासम्म चलेको उक्त कार्यक्रममा भसासका सदस्यहरू कविन्द्रलाल प्रधान, राजुराम मुनंकर्मी, जितेन्द्र रसिक, श्याम सम्यक, गुहेश्वरी शाक्य, तेजकृष्ण श्रेष्ठ, बाबुकाजि सुवाल, श्याम माकजु, डा. राजेन्द्र कोजू लगायतले रचना वाचन गरेका थिए ।

त्यसैगरी अर्काे भिडियो कन्फ्रेन्स मार्फत साहित्यिक गोष्ठि आगामी २०७७ बैशाख १ गतेका दिन पुनः आयोजना गर्ने समाजका अध्यक्ष मुनंकर्मीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार