नेपाल एयरलाइन्सले २१ जुनमा साउदीको रियादबाट उडान भर्ने

नेपाल एयरलाइन्सले २१ जुनमा साउदीको रियादबाट उडान भर्ने


तिलु शर्मा पौडेल
दोहा कतार ।

कोरोनाका कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने सरकारको निर्णय बमोजिम नेपाल एयरलाइन्सले साउदी अरबको रियाद एयरपोर्टबाट यही २१ जुनमा उडान गर्ने जानकारी नेपाली राजदूतावास रियादले एक सूचना मार्फत दिएको छ । उक्त उडानबाट स्वदेश फर्कनेहरूको सूचि प्राथमिकताका आधारमा राजदूतावासले नेपाल एयरलाइन्सको रियादस्थित आधिकारिक सम्पर्क ट्राभल्स कम्पनीलाई पठाएको दूतावासले जनाएको छ ।

प्राथमिकताका आधारमा ४४५ जनाको नाम सूचिमा रहेको छ l यात्रुहरूले Gilt Travels and Tours Pvt.Ltd. का सुरेशराज त्रिपाठी, टेलिफोन नं +00966 580596140 , +00966 553101644 (Whats App) इमेल ठेगाना: [email protected] मा सम्पर्क गरी टिकट खरिद गरेपछि मात्र कोभिड-१९ को परीक्षण गर्न आग्रह गरेको छ l नियोगले यात्रुहरूलाई कोभिड-१९ को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत गर्ने व्यवस्था गर्न, त्यो सम्भव नहुनेहरूले पायक पर्ने स्थानमा जान या नियोगले जारी गर्ने अर्को सूचना पर्खन अनुरोध गरेको छ l

यात्रीहरूले निर्धारित उडान समय तालिकाभन्दा ४ घण्टा अगावै विमानस्थलमा पुग्नु पर्ने र नेपाल सरकारले निर्धारण गरेको क्वारेन्टाइन लगायत सम्पूर्ण प्रावधानहरू पालना गर्नेछु भन्ने कागजातमा हस्ताक्षर गर्नुपर्ने जनाइएको छ । हवाई भाडा दर अमेरिकी डलर ४६५ (साउदी रियाल करिब १७४४) कायम गरिएको जनाइएको छ ।

Logo