प्रतिनिधि नभएकालाई सदस्य बनाउन आकाश गोल्छाको दबाब, अध्यक्ष चौधरीले गरे अस्विकार

प्रतिनिधि नभएकालाई सदस्य बनाउन आकाश गोल्छाको दबाब, अध्यक्ष चौधरीले गरे अस्विकार


सर्वसम्मत नेतृत्व चुनेर एकताको सन्देश दिएका अटो व्यवसायीबीच चरम गुटबन्दीका कारण एक सातामै विवाद उत्पन्न भएको छ । 

नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको गत पुस २१ गते मात्रै काठमाडौंमा सम्पन्न ४७औं साधारण सभाले करण चौधरीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेकाे थियो । तर, एक साता पनि नबित्दै आकाश गोल्छाले नयाँ कार्यसमितिमा लफडा गरेको हो ।

तर, एक साता नबित्दै गोल्छा र ध्रुव थापा पक्षले भागबण्डा खोजेर प्रतिनिधि नै नभएकालाई कार्यसमिति सदस्यमा घुसाउने तयारी गरपछि लफडा भएको हो ।

नेतृत्वका लागि प्रत्यासी आकाश गोल्छालाई यो पटक वरिष्ठ उपाध्यक्ष र अर्को कार्यकालमा नेतृत्वमा सघाउने सहमतिसहित चौधरी सर्वसम्मत अध्यक्ष चुनिएका थिए । तर, एक साता नबित्दै गोल्छा र ध्रुव थापा पक्षले भागबण्डा खोजेर प्रतिनिधि नै नभएकालाई कार्यसमिति सदस्यमा घुसाउने तयारी गरपछि लफडा भएको हो । गोल्छा र थापा पक्षले प्रतिनिधि नै नभएका, निर्वाचन प्रणालीमा सहभागी नभएका सगुन कंशाकारलाई सदस्य बनाउन दबाब दिएको छ तर, अध्यक्ष चौधरीले नैतिकताको आधारमा कंशाकारलाई सदस्य बनाउन नमिल्ने अडान राखेका छन् । 

योसँगै गोल्छा पक्षले राजीनामाको तयारी अघि सारेको छ । साधारण सभा अगावै भएको सहमति विपरित सदस्य मनोनित गर्ने, आफू खुसी निर्णय गर्न थालेपछि आफूहरु सामूहिक राजीनामाको तयारी गरेको उक्त पक्षले जनाएको छ । कशंकार नेतृत्वको अटो पार्ट्स इन्टरनेश्नलले पौष ११ गते ५ बजेसम्म सदस्यता नविकरण गर्न आह्वान गरेकामा पौष ९ गते नै सदस्यता नविकरण गरेको प्रष्ट्याएको पनि छ । 

कंशाकारलाई प्रतिनिधि नभएकै कारण मनोनीत गर्न नमिल्ने भए विकल्पमा आकाशलाई अर्को व्यक्ति सिफारिस गर्न भन्न सकिन्थ्यो । तर, अध्यक्ष चौधरीले एकलौटी रुपमा आफ्नो मान्छे मनोनित गरेको उनीहरुको गुनासो छ । 

चौधरी पक्षले समर्थन गरेकै बहानामा नैतिकता र विधान मिचेर निर्णय गर्न नमिल्ने जनाएको छ।  

तर, यता चौधरी पक्षले भने समर्थन गरेकै बहानामा नैतिकता र विधान मिचेर निर्णय गर्न नमिल्ने जनाएको छ।  

साधारण सभाबाट सदस्यमा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध चयन भएका थिए। कार्यसमितिले ३ जना मनोनीत गरेकामा मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ छन् । संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

Logo